Aarthikaina
प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ललाई ‘आईकोनिक इन्टरप्रिनरसिप अवार्ड’
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ल आईकोनिक इन्टरप्रिनरसिप अवार्डबाट सम्मानित भएका छन् । गत शनिबार एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मल्ललाई प्रमाणपत्रसहित उक्त अवार्डबाट सम्मान गरेका हुन् । 

प्रोफेशनल अचिभमेन्ट अवार्ड टिमले प्रदान गर्ने उक्त अवार्डबाट सम्मानित मल्ल चार दशकदेखि निरन्तर उद्योग, वाणिज्य र बीमा क्षेत्रसँग आबद्ध रहेर निजी क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा गरेको योगदानको उच्च प्रशंसा स्वरुप मल्ललाई आईकोनिक इन्टरप्रिनरसिप अवार्ड प्रदान गरिएको हो ।

सम्मान ग्रहण गरेपछि मल्लले अवार्डले आफूलाई अझ ठूलो जिम्मेवारी थपिएको महसुस भएको बताए । उनले भने, ‘नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रको समृद्धिका लागि अझै सक्रिय रहन यो अवार्डले हौसला र प्रेरणा दिएको छ ।’ अध्यक्ष मल्ल हाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update