इन्भेष्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघबीच व्यवसायिक सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघ नेपालबीच व्यवसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महासंघका तर्फबाट शोभा ज्ञवालीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवर्द्धन गर्नका लागि उक्त सम्झौता भएको हो । यस सम्झौतानुसार महासंघका सदस्यलाई महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गरिने छ ।
साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले महासंघका सदस्यलाई लक्षित गरि बैंकको २ सय ७५ वटा शाखामार्फत छुटसहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२ १८:४२
प्रतिक्रिया दिनुहोस्