Aarthikaina
सिटिजन्स बैंकद्वारा ‘लिडरसिप फर ट्रान्सफर्मेसन’ सेमिनार
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘लिडरसिप फर ट्रान्सफर्मेसन इन लुम्बिनी: अ सेमिनार अन ड्राइभिङ पर्फरमेन्स एण्ड रिजनल एक्सिलेन्स’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थितमा बैंकले लुम्बिनी प्रदेशमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

सेमिनारमा गत आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन, चालु वर्षका प्राथमिकता तथा केन्द्र-प्रदेश सहकार्य सुदृढीकरणबारे छलफल भएको थियो । बैंकले २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप र आम्दानीमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ ।

हालै ‘बैंक अफ द इयर २०२४’ उपाधि पाएको सिटिजन्स बैंकले नेपालमै पहिलोपटक ‘फोनपे क्रेडिट कार्ड’ र ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ जस्ता नयाँ सेवा सुरु गरेको छ । देशभर ६१ जिल्लामा दुई सय शाखासहितका सेवा केन्द्रमार्फत बैंकले आफ्ना ग्राहकलाई सेवा दिइराखको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update