Aarthikaina
ग्लोबल आइएमई बैंक ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’ बाट सम्मानित
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेस्ट बैंक अवार्ड पाएको छ । ग्राहकलाई उपलब्ध गराइएका सेवा, वित्तीय अवस्था, प्रविधि, सुशासन र सामाजिक उत्तरदायित्वलगायत क्षेत्रमा देखाएको उत्कृष्ट कार्यसम्पादनका आधारमा बैंकलाई मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा यो अवार्ड प्रदान गरिएको हो ।

युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड हस्तान्तरण गरेका हुन् । योसँगै ग्लोबल आइएमई बैंकले तेस्रो पटक युरो मनी बेस्ट बैंक अवार्ड हात पारेको छ । यसअघि सन् २०२२ र २०२४ मा पनि बैंकले सो अवार्ड जितिसकेको थियो । 

निजी क्षेत्रको पहिलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंकको देशभर सञ्जाल रहेको छ । बैंकको ३ सय ५२ शाखा कार्यालय, ३ सय ८४ एटिएम, १ सय ५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update