Aarthikaina
स्काइवर्थको दशैं-तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक 
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक गरेको छ । ‘पर्वहरुको उमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’ भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताले स्काइवर्थका सम्पूर्ण घरेलु उपकरणहरूमा ४० प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने छन् ।

अफरअन्तर्गत स्काइवर्थका स्मार्ट टिभी, रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर र चेस्ट फ्रिजर खरिदमा छुटको सुविधापाउने व्यवस्था गरिएको छ । यसमार्फत उपभोक्ताले चाडपर्वमा आफ्नो घरलाई अपग्रेड गर्न सहज हुने कम्पनीले जनाएको छ ।

स्काइवर्थका वरिष्ठ मार्केटिङ अधिकृत विवेक राठीका अनुसार पर्वमा परिवारसँग खुसी बाँड्ने समय भएकाले स्काइवर्थले त्यो खुसीमा अझै खुसी थप्न ‘पर्वहरुको उमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’ विशेष छुट योजना ल्याएको हो । उनले यो छुटसँगै ४० प्रतिशत क्यासब्याकको साथमा आकर्षक उपहारले ग्राहकहरुमा अझ खुसी थप्ने बताए । यो योजना नेपालभर रहेका स्काइवर्थका सबै शोरुम तथा बिक्री स्थलमा भदौ १५ गतेदेखि कार्तिक १५ गतेसम्म लागू हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update