Aarthikaina
सर्विया र रोमानिया पठाइदिन्छु भन्दै सात लाख ठगी अभियोगमा दुई जना पक्राउ
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने ३५ वर्षीय सरोज सुवाल र काठमाडौं चन्द्रागिरी बस्ने रौतहट चन्द्रपुरका २७ वर्षीया सिर्जना कार्की रहेका छन् ।

पक्राउ परेका मध्ये सरोजले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र सिर्जनाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई ललितपुरबाट मंगलबार र सिर्जनालाई काठमाडौंबाट बुधबार पक्राउ गरेको हो । 

प्रहरीका अनुसार हाल उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update