Aarthikaina
इनड्राइभद्वारा बाढी-पहिरोपीडित पाँच परिवारलाई घर हस्तान्तरण
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

काठमाडौं । इनड्राइभले बाढी र पहिरोबाट विस्थापित पाँच परिवारलाई नयाँ घरको साँचो हस्तान्तरण गरेको छ । इनड्राइभले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा निर्माण गरिएका पाँच ओटा घरको साँचो पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा इनड्राइभले प्रभावित भएका घरपरिवारहरूलाई आवश्यक सामग्रीहरू समेत वितरण गरेको छ । स्थानीय समुदायसँगको परामर्शमा बाँस र माटो प्रयोग गरी निर्माण गरिएका उक्त घरहरू दिगो र वातावरणमैत्री रहेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update