Aarthikaina
उपत्यकावासीको धारामा आउन छाड्यो पानी
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

काठमाडौं । काठमाडौँ उपत्यकावासीको धारामा मेलम्चीको पानी वर्षभरि नै आउने, चौबिसै घण्टा आउने जस्ता प्रतिबद्धता सम्बन्धित मन्त्रालय र निकायबाट पटक पटक गरिए पनि धेरै उपभोक्ताका धारामा हप्तौँदेखि पानी आएको छैन ।

ललितपुरको बगलामुखी, सानेपा, झम्सिखेल, बखुन्डोलवरपरका क्षेत्रमा मेलम्चीको पानी नआएको डेढ हप्ताभन्दा बढी भइसकेको उपभोक्ताको गुनासो छ । काठमाडौँको तीनकुने, बत्तिसपुतली, कोटेश्वरको सुविधानगर, नरेफाँट, जडीबुटी क्षेत्रलगायत क्षेत्रका उपभोक्ताका धारामा पानी नआएको पनि हप्ता नाघिसकेको छ ।

काठमाडौँ क्षेत्र नं.२ (क) का प्रदेश सांसद सुनील केसीले कोटेश्वर, तीनकुने, पेप्सीकोला, रातोपुल, बत्तिसपुतली, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, जडीबुटीलगायतका क्षेत्रका उपभोक्ताका धारामा धेरै दिनदेखि मेलम्चीको पानी नआएको बताए  । अहिले यस क्षेत्रका उपभोक्ताले ट्याङ्करको पानी किनेर खानुपर्ने बाध्यता रहेको बताउँदै उनले ट्याङ्करको पानीको शुद्धता सुनिश्चित कसले गर्ने भन्ने प्रश्नसमेत उठाए  । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफू बसेको ललितपुरको बगलामुखी क्षेत्रमा केही दिनदेखि पानी नआएको बताए  । – गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update