करेन्ट लागेर स्काइभेटर चालकको मृत्यु, सहचालक घाइते
                        
                        
                                                
                                             
                                                                    जाजरकोट । भेरी नगरपालिका-७ दोकाना जोगीचौर भन्ने स्थानमा स्काइभेटरले बाटो बिस्तार गर्ने क्रममा छेउमा रहेको विद्युतको पोलको तारबाट करेन्ट लागेर स्काइभेटर चालकको मृत्यु भएको छ । कैलाली चुरे गाउँपालिका-१ बस्ने २६ वर्षीय राजेन्द्र राना मगरको मंगलबार साँझ मृत्यु भएको हो ।
स्काइभेटर छेउमा रहेको विद्युतको पोलमा लाग्दा स्काइभेटरको बकेटमाथि चढि तार छुट्याउने क्रममा करेन्ट लागेर राजेन्द्रको घटनास्थलमै मृत्यु भएको हो । साथै, करेन्ट लागेर घाइते भएका सहचालकलाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागि नेपालगञ्जतर्फ पठाइको छ । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:४०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
             
             
             
            







 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    -1756655974.jpg) 
                     
                     
                     
                     
                     
             
             
             
             
            