Aarthikaina
आगामी बजेटबारे नेता पौडेलद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण 

काठमाडौं । सांसद एवं कांग्रेस नेता प्रदिप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेटेर आगामी बजेटमा समावेश गर्नुपर्ने बहुवर्षीय योजनाका बारेमा ध्यानाकर्षण गराएका छन् । सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहदा नेता पौडेलले बजेटमा समावेश गर्नुपर्ने  योजनाका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

नेता पौडेलले भने, ‘काठमाडौं उपत्यका एवं सिंगो राष्ट्रका आम नागरिकका जीवनसँग प्रत्यक्ष  जोडिएका योजनाहरू सरकारको नीति तथा कार्यक्रमका बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराई तत्काल कार्यन्वयनका लागि आवश्यक बजेटको विनियोजन गरिदिनका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको छु ।’

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

सांसद पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्र भित्रका मुहान पोखरी, विष्णु पादुका र चन्डेश्वोरीमा रहेका खानेपानीका स्रोतहरू संकलन गर्न एकीकृत पानी संकलन केन्द्र तथा ट्याङ्की निर्माण गरि वितरणका लागि शिवपुरी खानेपानी राष्ट्रिय गौरव परियोजनालाई बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराई  बजेटको विनियोजन गर्न माग गरेका छन् ।

त्यस्तै रिङरोड दोश्रो खण्ड कलंकीदेखि धोबीखोला चावहिल विस्तार परियोजना, विष्णुमती नमूना करिडोर राष्ट्रिय गौरव परियोजना, टुकुचा खोला ढल व्यवस्थापन र टोखा नपा वडा नं.२ मा रहेको भुत खेल मैदान खेलकुद विकास योजनालाई आगामी बजेटमा पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सांसद पौडेलले जानकारी दिएका छन् ।

उक्त आयोजनाहरु सम्बन्धित क्षेत्रका नागरिकहरु, सरकारी संस्थाका प्रतिनिधिहरु तथा विज्ञहरुसँगको परामर्श गरेर तय गरिएको उनको भनाइ छ । आयोजनाहरुको कार्यान्वयनपश्चात खानेपानीको तथा धुवाधुलोको समस्या हल गर्न, राजधानीको वातावरण स्वच्छ राख्न लगायत सहज सडक प्रणालीले नागरिकहरुको समय बचत गर्न तथा समग्रमा जीवनस्तर माथि लैजान महत्वपूर्ण हुने पौडेलले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update