Aarthikaina
कोशीका प्रमुख  खापुङद्वारा इस्लाम धर्मावलम्बीहरुको महान चाडको शुभकामना
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

मोरङ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले इस्लाम धर्मावलम्बीहरुको महान चाड ईद–उल–फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 

koshi-khapung-1712898571.jpeg

हिजो बिहिबार विज्ञप्तिमार्फत उनले इद पर्वले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवम् आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याई मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन तथा विकास गर्ने कुरामा विश्वास लिँदै सफलताको शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update