Aarthikaina
विदेशी मुद्राको सञ्चिति साढे १८ खर्ब भन्दाबढी

काठमाडौं । गत फागुन मसान्तसम्म मुलुकभित्र कूल १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर कूल विदेशी विनिमय सञ्चिति रहेको थियो । 

गत फागुन मसान्तमा आइपुग्दा उक्त सञ्चिति २१ दशमलव सात प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा गत फागुन मसान्तमा २० दशमलव आठ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा गत फागुन मसान्तमा २२ दशमलव दुई प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत फागुन मसान्तमा १८ दशमलव दुई प्रतिशतले वृद्धि भई दुई खर्ब २८ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, गत फागुन मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव एक  प्रतिशत रहेको छ ।

चालु आवको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव आठ महिनाको वस्तु आयात र १२ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update