Aarthikaina

काठमाडौं । विशेष अदालत काठमाडौंमा दायर भएको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाखभन्दा बढीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै  विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा अख्तियारको निर्णय अनुसार आज (बिहीबार) सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जनाए ।

अख्तियारले १४ करोड ८१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । मदनप्रसाद गुप्ताले सार्वजनिक सेवा अवधिमा १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएको अख्तियारको ठहर छ ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

गुप्ता तथा उनका परिवारका सदस्यहरू समेतले आय आर्जन गरेको रकम चार करोड ५४ लाख ७२ हजार दुई सय ४६ रुपैयाँको तुलनामा विभिन्न शीर्षकमा गरिएका खर्च तथा लगानी १९ करोड ३६ लाख ६१ हजार एक सय ६९ रुपैयाँ देखियो, प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार गुप्ताको आयभन्दा बढी खर्च तथा लगानी गरेको १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको हुँदा उक्त सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update