Aarthikaina
नरैनापुरबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत खरालको बिदाई

बाँके । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको सुरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरालको गत माघ १९ गते सरुवा गरेपछि मंगलबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी सम्मानसहित बिदाई गरेको हो । 

गाउँपालिकाले औपचारिक कार्यक्रम गरेर सम्मानसहित बिदाई गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए । १४ महिना नरैनापुरमा काम गरिसकेका खरालले सरुवा माग गरेपछि मन्त्रालयले दैलेखको डुङ्गेश्वर गाँउपालिकामा सरुवा गरेको हो । 

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

खरालको जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणले सम्मान गर्दै दोसल्ला ओढाएर गाउँपालिकाको कार्यालयबाट बिदाई गरेका छन । उनको थप कार्यकालको शुभकामना दिदैँ पालिकाबाट बिदाई गरेको सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।

1-1707839239.JPG
 

पालिकाको बेरुजु र भुक्तानी फछ्यौटमा प्रमुख प्रशासकीय अधिकृत खरालले खेलेको भूमिकाको वडा नं.४ का अध्यक्ष मसूद अहमद शाहले सराहना गरेका थिए । बिदाई कार्यक्रममा कर्मठ र मिलनसार अधिकृत खरालको कार्यशैली, व्यवहार र शिष्टताप्रति जनप्रतिनिधि र कर्मचारीहरुले प्रशंसाका साथै आगामी कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए ।

वडा नं.६ का अध्यक्ष प्रेम मौर्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.१ का अध्यक्ष इसाक जोलाह, वडा नं.२ का अध्यक्ष मसूद अहमद शाह, वडा नं.४ का अध्यक्ष मनोज शर्मा, वडा नं.५ का अध्यक्ष कृष्ण चन्द्र मार्यै, निमित्त प्रमुख प्रशसकीय अधिकृत भरत बस्नेत, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र शाह, कृषि शाखा प्रमुख सदन भण्डारी, महिला विकास शाखा, पशु शाखा प्रमुख, सुरक्षाकर्मीलगायत विभिन्न वडाका सचिव र सर्वसाधरणहरुको सहभागितामा बिदाई गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update