Aarthikaina
नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच सम्झौता
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

काठमाडौं । नेपाल नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच मंगलबार सम्झौता भएको छ । सम्झौता अनुसार हाप्किडो संघमा आवद्ध व्यक्ति तथा संस्थाहरूले अस्पतालका विभिन्न सेवामा उल्लेखनीय छुट सुविधा प्राप्त गर्ने संघले जनाएको छ ।

‘हाम्रो उद्देश्य केवल उपचार मात्र होइन, खेलकुद र शारीरिक सशक्तिकरणमा समर्पित संस्थाहरूसँग सहकार्य गरेर सामुदायिक स्वास्थ्यलाई अझ मजबुत बनाउने हो,’ नेपाल नेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा.प्रकाश पौडेलले हस्ताक्षर कार्यक्रममा भने ।नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले यस सहमतिलाई हाप्किडो खेलाडीहरूको स्वास्थ्य सुरक्षामा ठूलो उपलब्धि भएको बताए । सम्झौता यही बैशाख २३ देखि २०८४ बैशाख २२ सम्म लागू हुनेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update