Aarthikaina
एनआइसी बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट 
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । एनआइसी एसिया बैंक र माउन्टेन भिस्टा रिट्रिट होटलबीच सम्झौता भएको छ । सम्झौतानुसार एनआइसी एसिया बैंकका ग्राहकलाई नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा १० प्रतिशत छुट हुने भएको छ ।

यस सम्झौतासँगै बैंकका ग्राहकले होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । जुनसुकै प्रकारका सेवामा छुट पाइने छ । यस सुविधाको उपयोग गर्न ग्राहकल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्नु पर्ने हुन्छ । 

यस सहकार्यले ग्राहकलाई छुट उपलब्ध हुनुको साथै डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update