Aarthikaina
एनएमबी बैंक र बेस्ट वेस्टर्न प्लसबीच साझेदारी
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । एनएमबी बैंकले ग्राहक तथा कर्मचारीलाई विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ । यस साझेदारी अनुसार एनएमबी बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकका ग्राहक कर्मचारीले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा समेत १० प्रतिशत छुट पाउने छन् । एनएमबी बैंकले हाल देशभर २ सय २ शाखा, १ सय ८७ एटिएम र ९ वटा एक्सटेन्सन काउन्टर मार्फतसेवा दिँदै आएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update