सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटलबीच सम्झौता

काठमाडौं । ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने गरी सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटलबीच बैंकका सम्झौता भएको छ । सम्झौता अनुसार पोखरास्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकले यस सम्झौताले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास लिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२ १०:३१
प्रतिक्रिया दिनुहोस्