Aarthikaina
एक्स कस्मोपोलिटिएनको आउटलेट नक्सालमा सुरु

काठमाडौं । नेपालमा रिर्भस एजिङको अनुभव दिने उद्देश्यसहित स्थापना भएको एक्स कस्मोपोलिटिएनको औपचारिक सुरुवात भएको छ । काठमाडौंको नक्सालमा हालै एक्स कस्मोपोलिटिएनको आटलेटको सुरुवात गरिएको हो ।

दुबईका राजपरिवारका सदस्य शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहकार यकुब अल अली र नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले रिबन काटेर कम्पनीको उद्घाटन गरेका थिए ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

कार्यक्रममा महिला उद्ममी महासंघकी अध्यक्ष ज्ञवालीले नेपाल प्राकृतिकरूपमा सम्पन्न भएको अवस्थामा त्यस्ता स्रोत र साधनको प्रयोगबाट एक्स कस्मोपोलिटिएनले गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

एक्स कस्मोपोलिटिएनमा पर्सनल वेलकेयर र सोभिनियर बुटिक गरी दुई प्रकारका सेवाहरू उपलब्ध गरिएको छ । सोभनियर बुटिकअन्तरगत नेपालको समुद्री सतहदेखि छ हजार पाँच सय मिटरसम्मको हिमाली उचाइमा पाइने विभिन्न हिमाली जडिबुटी, हिमाली चिया, भिर महलगायत विभिन्न पहाडी इलाकामा पाइने जडिबुटिबाट उत्पादन गरिएको विभिन्न प्राकृतिक अत्यावश्यक दैनिकरूपमा विशेष प्रयोग हुने साम्रगीहरू बिक्रीको लागि राखिने छ ।

विशेषत: नेपालमा घुम्न आउने पर्यटकहरूलाई नै लक्षित गरेर सोभनियर बुटिकको स्थापना गरिएको एक्स कस्मोपोलिटिएनकी संस्थापक सरिता अधिकारीले बताइन् ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update