Aarthikaina
फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता

काठमाडौं । फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) र मल्पी इन्टरनेशनल कलेज (एमआईजी)बीच सम्झौता भएको छ । शैक्षिक सिकाइ र उद्योग अनुभवबीचको अन्तरलाई कम गर्न र दीर्घकालीन रणनीतिक विकासमा सहकार्य गर्ने उद्देश्यले यहि १० जनवरी २०२४ मा सम्झौता भएको हो ।

सो सम्झौतामा फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारी र कम्पनी सचिव अल्पना शर्मा तथा मल्पी इन्टरनेसनल कलेजको तर्फबाट प्रिन्सिपल दिपक अधिकारी र विद्यार्थी संलग्नता अधिकृत प्राप्ति बिसी शर्माहस्ताक्षर गरेका छन् । यो सम्झौताले बीमा क्षेत्रमा भएको क्षमता अभावको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । 

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

साझेदारीमार्फत फेडेरलले मल्पीका विद्यार्थीहरूलाई विशेषज्ञ प्रशिक्षण, इन्टर्नसिपका अवसरहरू तथा आवश्यकताअनुसार भविष्यमा रोजगारीको अवसरहरू प्रदान गर्न मद्दत गर्ने छ । साथै, यस सम्झौताले इन्स्योरेन्सका कर्मचारीहरूलाई सम्मेलन, कार्यशाला र कलेजद्वारा आयोजित अन्य कार्यक्रमहरूमा भाग लिएर नेटवर्किङ बढाउने अवसरहरू प्राप्त गर्न मद्दत गर्नेछ ।

दुवै संस्थाहरूले बीमा क्षेत्रसँग सम्बन्धित अनुसन्धान तथा अन्य गतिविधिका लागि आवश्यकताअनुसार सहकार्य गर्नेछ । फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड २०२२ मा पब्लिक लिमिटेडको रूपमा स्थापित भई नेपालमा पुनर्बीमा दलालीसम्बन्धी सेवा तथा आवश्यक प्ररामर्श प्रदान गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र लिई कार्य प्रारम्भ गरी नेपालमै पहिलो र एकमात्र आईएसओ ९००१ः२०१५ सर्टिफाइड पुनर्बीमा दलाल कम्पनी बन्न सफल भएको छ ।

यसका साथै कम्पनीले चौथो इमर्जिङ एसिया इन्स्योरेन्स २०२३ मा ब्रोकर अफ दि एयर २०२३ (नेपाल) को उपाधि हासिल गर्न समेत सफल भएको छ भने अर्कोतर्फ मल्पी इन्टरनेसनल कलेज १९९८ मा स्थापित भई छात्र–केन्द्रित शिक्षा प्रदान गर्न अग्रसर छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update