Aarthikaina
राष्ट्रपति पौडेलको स्वास्थ्य खर्च नौ लाख ९५ हजार निकासा

काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका लागि नौ लाख ९५ हजार रुपैयाँ निकासा गरेको छ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म दिइएको आर्थिक सहायताको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा नौ लाख ९५ हजार नौ सय ३५ रुपैयाँ निकासा गरेको जानकारी दिएको हो ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

अर्थ मन्त्रालयका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ बमोजिम उक्त रकम निकासा गरिएको हो ।

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update