Aarthikaina
हीरक जयन्तीको अवसरमा चेम्बरद्वारा स्वास्थ्य शिविर सम्पन्न 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यान्सर परिक्षण अन्तर्गत एक सयभन्दा बढी महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

मुलुकको समग्र चेम्बर अभियानको ७५औँ ऐतिहासिक बर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हीरक जयन्ती मूल समारोह समितिको समन्वयमा भएको कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र सिल्भरलाईन हस्पिटलले प्राविधिक सहयोग गरेका थिए । 

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

स्वास्थ्य परिक्षण कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य परिक्षण लगायतका अन्य विभिन्न कार्यक्रमबाट लाभ लिन महिलाहरुलाई आग्रह गरे । उनले महिलाहरुले स्वास्थ्य तन्दुरुस्तीका साथै आर्थिक लाभ हुने गरी उद्यमी र व्यवसायिक गतिविधि समेत गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य शिविरबाट काठमाडौंको मनमैजु क्षेत्रका १ सयभन्दा बढी महिलाहरुले स्वास्थ्यलाभ लिएको चेम्बरको सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठले जानकारी दिए । चेम्बरले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update