
काठमाडौं । एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा आइतबार भक्तपुरमा अन्तरसाँंस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल र जर्मन दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ सम्भवत: भक्तपुरमै पहिलो पटक अन्तरसाँंस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा औपचारिक र दोश्रो चरणमा प्रदर्शनी गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा नेपाल र जर्मन दुई देशका विभिन्न साँंस्कृतिक कार्यक्रमहरुको प्रस्तुति गरिएको थियो । नेपाली धिमे नाचलगायत देखाइएको थियो भने जर्मनका विभिन्न नाचहरु पनि एउटै स्टेजमा देखाइएको थियो । दुबै नाच नेपाली विद्यार्थीले देखाएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा विभिन्न स्टलहरु राखेर प्रदर्शन गरिएको थियो । ती स्टलहरुमा नेपाली र जर्मन खानाका विभिन्न परिकारहरुको स्वाद चाख्न सकिने व्यवस्था पनि गरिएको थियो । इच्छुकहरुले पैसा तिरेर त्यहाँं तातोतातो खानाहरु खान सकिने व्यवस्था थियो । त्यहाँं नेपालका विभिन्न खेलहरुको पनि प्रदर्शन गरिएको थिए । साथै जर्मनका विभिन्न स्टलहरु पनि रहेका थिए ।कार्यक्रम उद्घाटनको क्रममा नेपाल र जर्मनको राष्ट्रिय गानका साथै नेपाल र जर्मनका विभिन्न गीतहरु पनि गाइएको थियो ।
कार्यक्रममा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, स्कुलका जर्मन भाषा शिक्षकलगायतले नेपाल र जर्मनको सम्वन्धकोबारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्कुलमा चारदेखि ८ कक्षासम्मका विद्यार्थीहरु सहभागी रहेका थिए ।