Aarthikaina
‘जीवनको उपहार दिऔं’ नारासहित थाई एयरलाइन्सद्वारा रक्तदान कार्यक्रम

काठमाडौं । थाई एयरलाइन्सको जि.एस.ए.सोसाईटी ईन्टरनेशनल ट्राभल्सले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानव सेवा र सामाजिक उत्तरदायित्वअन्तर्गत ‘जीवनको उपहार दिऔं’ भन्ने मूल नारासहित काठमाडौंको हात्तीसारमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम बिहान १० बजेबाट दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो । आपतकालीन अवस्थामा रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग पुर्याउनु र समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु कम्पनीको प्रमुख उद्देश्य र दायित्व भएको ट्राभल्सले जनाएको छ । सो अवसरमा थाई एयरवेजले सबैलाई रक्तदानमा सहभागी भई जीवन बचाउने पुण्य कार्यमा हातेमालो गर्न आग्रह गरेको थियो ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

कार्यक्रममा सोसाईटी ईन्टरनेशनल परिवार, विभिन्न ट्राभल एजेन्सी तथा सेवाग्राहीहरू गरी एक सय ३१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो ।

थाई एयरवेज:

थाई एयरवेज अन्तर्राष्ट्रिय थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो । उक्त विमानले काठमाडौं-बैंकक मार्गमा दैनिक दुईवटा उडान सञ्चालन गर्ने गर्दछ र त्यहाँबाट एसिया, युरोप तथा अष्ट्रेलिया लगायतका प्रमुख गन्तव्यहरूमा सेवा पुर्याउँदै आएको छ । 

सोसाइटी इन्टरनेशनल ट्राभल्स:

सोसाइटी इन्टरनेशनल ट्राभल्स नेपालमा एक प्रमुख एयरलाइन्स जि.एस.ए.प्रतिनिधित्व गर्ने कम्पनी हो । यससँगै थाई एयरवेजको जेनरल सेल्स एजेण्ट(जीएसए)को रूपमा कार्यरत छ । यात्राका सबै पक्षमा सहयोग गर्न र सेवा प्रदान गर्न यो संस्था समर्पित छ । यसका साथै सीएसआर कार्यक्रममार्फत विभिन्न सामाजिक उत्तरदायित्व र सेवामूलक कार्य गर्दै नेपाली समुदायलाई योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update