प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) रमेश थापालाई दिइएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई बुधबारदेखि प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
सचिवालयका अनुसार नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो । एसएसपी थापालाई ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ १८:११
प्रतिक्रिया दिनुहोस्