Aarthikaina
कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष चन्द्र ढकालद्वारा आग्रह
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच भेटवार्ता भएको छ । अध्यक्ष ढकालको सचिवालयका अनुसार भेटवार्ताका क्रममा नेपाल र कतारबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी)को आगामी बैठक छिट्टै काठमाडौँमा आयोजना गर्ने सहमति भएको महासङ्घका अध्यक्ष ढकालले जानकारी दिए । अध्यक्ष ढकालले जेबीसी स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै नेपालमा लगानीका प्रशस्त अवसर रहेकाले कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।

भेटका अवसरमा कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले जेबीसी संयन्त्रलाई अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताए ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update