Aarthikaina
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई नेपाल माइक्रो इन्स्योरेन्सको शेयर बाँडफाँड 
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई निष्कासन गरेको सेयर बाँडफाँड गरेको छ । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुलाई दुई लाख २५ हजार कित्ता सेयर माघ २९ गते बाँडफाँड गरेको हो ।

आईपीओमा रितपूर्वक ४५ हजार नौ सय छ आवेदनहरु मध्ये २२ हजार पाँच सय जना आवेदकहरुलाई सेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ । कम्पनीले जारी पू्ँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत अर्थात दुई लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update