Aarthikaina
विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

काठमाडौं । सर्वसाधारणका लागि खुलेको विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । आइतबार बिक्री प्रबन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो ।

सर्वसाधारणका लागि कुल २९ लाख ४२ हजार सात सय ६० कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयरमा २० लाख ४३ हजार छ सय ८६ आवेदन रितपूर्वक भरिएको थियो । रितपूर्वक दिएका आवेदकमध्ये २ लाख ९४ हजार दुई सय ७६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी १७ लाख ४९ हजार चार सय १० आवेदक सेयर परेन । आईपीओको नतिजा आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिने छ ।

कम्पनीले गोरखा जिल्लाको धार्चेमा माथिल्लो माछाखोला साना जलविद्युत् आयोजना सञ्चालन गरेको छ । जुन ४.५५ मेगावाट क्षमताको छ । यस आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार रुपैयाँ छ । गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा छ । प्रतिसेयर नेटवर्थ एक सय दुई रुपैयाँ ७६ पैसा छ । कम्पनीको सञ्चित नाफा १ करोड २८ लाख रुपैयाँ छ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update