Aarthikaina
एनएमबी बैंकले भित्र्यायो जलविद्युत्मा विदेशी लगानी

काठमाडौं । एनएमबी बैंकले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षाअनुसार दुर्ई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दिगो युटिलिटि-स्केल सौर्य र कृषि परियोजना विकासका लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फण्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (डिएफसिडी) सँग गरेको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत् दिगोपन मूल्यांकन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउन डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको बैंकले जनाएको छ ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

नेपाल विद्युत् प्राधिकरणको नेपालभर आठ सय मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबी बैंकले आफ्ना सौर्य ऊर्जासँग आबद्ध ग्राहकलाई आर्थिकरूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उत्पादित ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दिगोरूपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेको छ ।

त्यसैगरी जलविद्युत् परियोजनाका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सद्वारा आयोजित अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्वतन्त्र दिगोपन मूल्यांकनहरू कार्यान्वयन गरी जिम्मेवार बैंक बन्ने अभिप्राय साथ अघि बढेको छ । साथै बैंकले निकट भविष्यमा आफूले लगानी गरेका जलविद्युत् परियोजनाका लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्याण्डर्ड सर्टिफिकेसन प्राप्त गर्ने लक्ष्य राखेको छ ।

एनएमबी बैंकका उल्लेखित पहलहरूले नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिकरूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गर्दै व्यावसायिक अवसर सिर्जना गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update