Aarthikaina
एमसिसी योजनालाई निरन्तरता दिने निर्णयको नेपालद्वारा स्वागत
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ ।अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको बुधबार स्वागत गरेको हो ।

एमसिए-नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसिसीसँग निकटतापूर्वक काम गरिरहेको जनाएको छ । एमसिए-नेपालले वैदेशिक सहयोगसम्बन्धी समिक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेका तीनवटा सबस्टेसन एवं १८ किमी सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ ।

उसले नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजना सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएको छ । कम्प्याक्ट कार्यान्वयनका लागि एमसिसीको निरन्तर साझेदारीका लागि एमसिए-नेपालले आभार प्रकट गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update