Aarthikaina
क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

काठमाडौं । माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा आईपीओ निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ । क्रेष्ट माइक्रो लाइफले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरमा सर्वसाधारणहरुमा निष्काशनको लागि मंगलबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर भएको छ ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बीमा सेवा पुर्याउने लक्ष्यका साथ क्रेस्ट माइक्रो लाइफले धितोपत्र बोर्डबाट व्यवसाय सञ्चालनको स्वीकृति पाएको हो ।

यस कम्पनीमा संस्थापक लगानी ७० प्रतिशत रहेको छ र आईपीओ जारीपश्चात सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३० प्रतिशत रहने छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update