Aarthikaina
मजदुर वर्गको योगदान एवं बलिदानको कदर गर्नुपर्छ: प्रदेश प्रमुख खापुङ

काठमाडौं । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले श्रमिक दिवसको अवसरमा शुभकामनामार्फत मजदुर वर्गको योगदान एवं बलिदानको कदर गर्नुपर्नेमा जोड दिएका छन् । 

शुभकामना सन्देशमा भनेका छन्, ‘मजदुर तथा श्रमजीवी वर्गको मजबुत एकताको बलमा अधिकार प्राप्तिको लागि हरेक वर्ष मनाइने यस दिवसको अवसरमा नेपाली समाजको अग्रगामी परिवर्तनका निमित्त श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु ।’

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

त्यसैगरी, उनले कृषिलाई श्रमसँग र शिक्षालाई उत्पादनसँग जोड्दै उपलब्ध श्रोतहरूको उच्चतम् रूपमा प्रयोग गरी श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न साझा संकल्पको खाँचो छ भन्दै यस दिवसले सम्पूर्ण श्रमिक मजदुर वर्गमा उत्साह भर्ने विश्वाससमेत व्यक्त गरेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update