म्याग्दीमा दुई करोडबढीको झोलुङ्गे पुल निर्माण

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका-३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि दुई करोडभन्दा बढीको झोलुङ्गे पुल निर्माण भएको छ । पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजनाले दुई करोड ३१ लाख ३६ हजार सात सय ५० रुपैयाँको लागतमा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।
पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ । साथै दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दा लामो बाटो भएर गाउँपालिकाको केन्द्र मुना पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । २०८२ सालको मङ्सिरसम्ममा पूरा गर्ने गरी सम्झौता भएकामा निर्माण कम्पनीले हाल काम पूरा गरेर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेसँगै पुल सञ्चालनमा आएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ ०९:४१
प्रतिक्रिया दिनुहोस्