
काठमाडौं । इनड्राइभले हालै काठमाडौंमा आफ्ना ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गर्यो । इनड्राइभ अनुसार ड्राइभरहरूको मेहनत र समर्पणप्रति कृतज्ञता प्रकट गर्नुका साथै आपसी संवादलाई प्रोत्साहन गर्ने र ‘छनोटको स्वतन्त्रता’ तथा ‘सामुदायिक सशक्तिकरण’ प्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउनको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।
स्थानीय ड्राइभर पार्टनर्स र इनड्राइभ टिमलाई एकसाथ ल्याउँदै भेलाले प्रत्यक्ष अन्तर्क्रिया, साझा अनुभवहरू र सहयोगी छलफलको लागि एक प्लेटफर्म प्रदान गरेको जनाइएको छ । कार्यक्रममा कम्पनी र यसको सेवालाई शक्ति प्रदान गर्ने चालकहरू बीचको बलियो बन्धन बनाउन प्रशंसा र पारस्परिक सम्मान गरिएको थियो ।
कार्यक्रममा इनड्राइभ एपीएसी क्षेत्रका ड्राइभर अपरेशन्स हेड निकोलाईले भने, ‘हाम्रो यात्राको सफलताको मूल कारण ड्राइभर पार्टनरहरू हुन् । यो भेटघाट र अभिवादन कार्यक्रम हाम्रो चालक–सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्ने एक सानो प्रयास मात्र थियो । तर त्योभन्दा पनि महत्वपूर्ण कुरा यो अवसर अनुभवहरू सुन्ने, चासो र चुनौतीहरू बुझ्ने र उनीहरूसँगै सिक्दै अघि बढ्ने थलो बन्यो ।’
उनले थपे, ‘हामी इनड्राइभलाई एउटा यस्तो पिपुल–फस्र्ट प्लेटफर्मको रूपमा निर्माण गर्न प्रतिबद्ध छौं । जहाँ छनोटको स्वतन्त्रता, पारदर्शिता र निष्पक्षता नै मूल मूल्यहरू हुन् । हाम्रो उद्देश्य केवल सेवाको सुधार मात्र होइन, हामीसँग जोडिएका प्रत्येक व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो ।’
साथै, कार्यक्रममा इनड्राइभले टेक्नोलोजी र सेवामा नवप्रवर्तनमार्फत चालक–सहयोगीहरूको जीवनलाई अझ सहज, सुरक्षित र लाभदायक बनाउने आफ्ना योजनाहरू प्रस्तुत गरेको थियो ।