Aarthikaina
तीन श्रष्टाको पुस्तक सार्वजनिक 

भक्तपुर ।  समि साहित्यिक प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल वरिष्ठ साहित्यकार वैरागी काइला, प्रतिष्ठानका अध्यक्ष डोलेन्द्र शर्मा, प्रा.डा.कुमार कोइरालालगायतले वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको जीवनीसहितको निवन्ध सङ्ग्रह “संस्कृतिका आयामहरू”, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गा प्रसाद उप्रेतीको “भिन्न भिन्न ताल र सुरका झङ्कार” र सञ्चारकर्मी जितेन्द्र रसिकको जीवनी “युगमा तेज” सार्वजनिक गरेका छन् ।

एकैसाथ लोकार्पण उक्त तीन कृतिहरूको  विमोचन कार्यक्रममा प्रा.डा. कुमार कोइराला, डा.दीपा त्रिपाठी र सञ्चारकर्मी गोपीकृष्ण ढुङ्गानाले समिक्षा गर्दै एक युग र वर्तमान युगको सर्जक मिलन समारोह भएको बताएका थिए । संस्कृतिविद् ग्वंगले विगतमा भ्रमणको क्रममा अमेरिका पुग्दा भक्तपुरमा खुला स्थानमा दिसापिसाब गर्ने विषयमा वृत्तचित्र देखाएको घटनापछि यहाँको समृद्ध संस्कृति/साहित्य विश्वलाई चिनाउने हुटहुटीले लेख्न थालेको बताएका थिए ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइलाले साहित्य फाँटका चर्चित उमेर अनुभवले ज्येष्ठ उमेरका सर्जक र युवा सर्जकको साहित्यका कृतिहरूको संयुक्त लोकार्पण समारोहले सर्जकबीचको सहकार्यका साथै साहित्य भण्डारलाई खँदिलो बनाउन सहयोग पुग्ने बताएका छन् ।

प्रा.डा.कुमार कोइरालाले सत्यमोहन जोशीपछिको वरिष्ठ संस्कृतिविद् ग्वंगले ९० वर्षको उमेरमा पनि साहित्यका कृति लेखन तथा प्रकाशनमा देखाएको जाँगरले अन्यलाई पनि प्रेरणा दिने बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update