Aarthikaina
इको प्यानल र बागीश्वरी कलेजबीच सहकार्य

काठमाडौं । भक्तपुरको कमलविनायकमा रहेको बागीश्वरी कलेजले नेपाल इको प्यानल नामक निर्माण कम्पनीसँंग सहकार्य गरेको छ । समझदारीपत्रमा इको प्यानलकोतर्फबाट जनरल म्यानेजर विक्रम गोसाई र कलेजको तर्फबाट प्राचार्य धनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कलेजका विद्यार्थीलाई इको प्यानलअन्तर्गतका विभिन्न महाशाखा, शाखा, एकाईमा इन्टर्न गर्न लगाउने, विद्यार्थीलाई कम्पनीबाट सम्पादन गर्दै आएका विभिन्न विषयमा शोध, अध्ययन, अनुसन्धान गर्न लगाउने र उत्पादन गर्दै आएका विभिन्न सामाजिक कार्यमा सहभागी गराउने विषयहरू उल्लेख गरिएका छन् ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

समझदारीअनुसार कलेजले प्रयोगात्मक अभ्यास इन्टर्न गर्ने, शोध अनुसन्धान गर्ने तथा सामाजिक कार्यमा सहभागी हुने विद्यार्थीको छनौट गरी सिफारिस गर्ने, विद्यार्थीको कार्यमा समन्वय अनुगमन गर्ने र विद्यार्थीले तयार गरेको प्रतिवेदन, शोध, अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने रहेको छ । विद्यार्थीको जिम्मेवारीमा कलेजले सिफारिस गरेअनुसार कार्य गर्ने, आफूले गरेको कार्यको अवधि तथा अन्तिम प्रतिवेदन तयार पार्ने र आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरी कलेज तथा संस्थाको मानप्रतिष्ठा बढाउन प्रयास गर्ने रहेको छ ।

साथै, कम्पनीले इन्टर्न गर्न सिफारिस गरिएका विद्यार्थीलाई कम्पनीका महाशाखा, शाखा, एकाईको कार्यक्षेत्र, कार्यपद्धति तथा आवश्यक विषयमा जानकारी गराउने, शोध अध्ययन अनुसन्धानमा सिफारिस भएका विद्यार्थीलाई आवश्यक तथ्याङ्क, तथ्याङ्कको स्रोत वा स्रोत व्यक्ति उपलब्ध गराउने, विद्यार्थीलाई कम्पनीको नेतृत्वमा हुने सामाजिक कार्यमा अग्रिम सहभागी गराउने, विद्यार्थीलाई अनुसन्धानमूलक कार्य गर्न लगाउने, कम्पनीअन्तर्गतका महाशाखा, शाखा, इकाईहरूमा प्रशासनिक व्यवस्थापकीय कार्यहरू गर्न लगाउने उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update