Aarthikaina
क्रसर व्यवसायीको प्रदेशस्तरीय कार्यक्रम
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेशस्तरीय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ । भदौ १५ गते कोशी प्रदेशबाट सुरू भएको कार्यक्रम भदौ १६ गते मधेस प्रदेशमा, भदौ १७ गते (आज) हेटौँडामा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 

महासंघले भोलि भदौ १८ गते गण्डकी प्रदेशमा कार्यक्रम सञ्चालन हुने जनाएको छ । महासंघका अध्यक्ष सिताराम न्यौपानेले व्यवसायीको समस्या सरकारको तहसम्म नपुगेको भन्दै व्यवसायीको पीडा कानुनी आधारमा समाधान गर्न सबै एकमत रहेको बताए । उनले भने, ‘हाम्रो कुरा अझै सुनिएको छैन, परिणाम पनि प्राप्त भएको छैन । व्यवसायीको पीडा समाधान गर्न महासंघ निरन्तर लबिङ गरिरहेको छ । प्रदेश संघले पनि समस्याको समाधानका लागि अघि बढ्नुपर्छ ।’

उनले क्रसर व्यवसायी लामो समयदेखि नविकरण नहुँदा मारमा परेको उल्लेख गर्दै सरकारलाई तिर्नुपर्ने कर र दस्तुर तिर्न व्यवसायी तयार रहेको बताए । यसै सन्दर्भमा उनले सम्बन्धित मन्त्रालयलाई नविकरण प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएको जानकारी दिए । कार्यक्रममा महासंघले प्रशोधित निर्माणजन्य सामाग्री विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सके देशलाई आर्थिक लाभ हुने भन्दै सरकारसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update