Aarthikaina
उत्कृष्ट नाटक ‘पार्वती’ अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी हुँदै
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ । भारतको उडिसा राज्यको कट्टक शहरमा आयोजना हुने ग्लोबल थिएटर फेस्टिभल २०२४ मा भाग लिन नाटकका कलाकारहरु रुमानी रोकाया, आर्जन अधिकारी, सौर्या शाह, सुजन पहाडी, आराध्य खतिवडा, जिविका खतिवडा, स्यारोन कटुवाल, ट्रेजा ढकाल, प्रशंसा कटुवाललगायत नाटक टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक ‘पार्वती’ले गतवर्षको संस्करणमा सर्वोत्कृष्ट नाटकको पुरस्कारका साथै अन्य ६ वटा विधामा पुरस्कार जित्न सफल भएको थियो । देउकी परम्परामा आधारित नाटकको लेखन तथा निर्देशन पुस्पराज अवस्थीले गरेका हुन् । नाटकले उठाएको विषयवस्तु र कलाकारहरुले गरेको उत्कृष्ट प्रस्तुतिकरणको दर्शकहरुले गतवर्ष मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

सांस्कृतिक संस्थान र प्याब्सनको संयुक्त आयोजनामा भएको मेलामा गतवर्ष निर्णायकका रुपमा राजेन्द्र शलभ, भुवन चन्द र शेखर चापागाईं रहेका थिए ।  यो वर्ष पनि राष्ट्रिय नाटक मेला २०८० आगामी फागुन ७ देखि १६ गतेसम्म आयोजना हुने महासंघका अध्यक्ष राजेन्द्र रिमालले बताए । उनी भन्छन्, ‘त्यसमा सहभागिताका लागि आव्हान भएको छ ।’ 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update