Aarthikaina
सेयर बजार उक्लियो २१ सय २० बिन्दुमा

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज आईतबार सेयर बजार परिसूचक उकालो लागेको छ । आज बजार परिसूचक ३१ दशमलव ६२ अंकले उकालो लागेर २१ सय २० दशमलव ६२ बिन्दुमा उक्लिएको हो । 

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव शुन्य दुई अंकले उकालो लागेर तीन सय ८८ दशमलव १७ बिन्दुमा उक्लिएको छ । धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

जसबाट ९४ हजार पाँच सय २६ पटकको कारोबारमा एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कूल कारोबार रकम पाँच अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय छ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन र ट्रेडिङ समुहको सूचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सूचक उकालो लागेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update