Aarthikaina

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइड क्षेत्रमा पर्यटकहरुलाई दुःख हैरानी दिएको आरोपमा पाँच जना र अन्य अभद्र व्यवहार गर्ने पाँच जनालाई पक्राउ गरेको छ । पर्यटकलाई हैरानी दिने पाँच जनाले लेकसाइडको बिजीबी गल्लीमा सोमबार मध्यराति विदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नका लागि दबाब दिएको र नमानेमा हैरानी दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.१६ दीप बस्ने २० वर्षीय डिलन श्रीष मगर, माछापुच्छ«े गाउँपालिका वडा नं.५ बस्ने २० वर्षीय सन्देश विक, पोखरा–६ ठाडोपसल बस्ने ३० वर्षीय सुरेश थापा, पोखरा–६ जरेवर बस्ने २९ वर्षीय महेन्द्र भण्डारी र गोरखाको भिमसेन गाउँपालिका वडा नं.८ का ३२ वर्षीय सुरेश थापा रहेका छन् ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

त्यस्तै, मंगलबार बिहान करिब छ बजे लेकसाइडको स्ट्रिट नं.४ मा मादक पदार्थ सेवन गरी मर्निङ वाकमा हिँडिरहेका महिलाहरुलाई अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाग्लुङ नगरपालिका वडा नं.१२ घर भई हाल पोखरा महानगरपालिका वडा नं.६ बस्ने २७ वर्षीय डेविड भन्ने डिल्ली प्रसाद पौडेललाई रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोमबार राति करिब ८ बजे मादक पदार्थ सेवन गरी लेकसाइडमा होहल्ला गरेको आरोपमा चार जनामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङको काठेखोला गाउँपालिका वडा नं.५ घर भई पोखरा–५ मालेपाटन बस्ने २६ वर्षीय विक्रम थापा र स्याङ्जा गल्याङ नगरपालिका वडा नं.१ घर भई हाल पोखरा–१४ काजिपोखरी बस्ने ३१ वर्षीय आशिष थापा, पोखरा–१४ बस्ने ३२ वर्षीय शिवबहादुर कार्की र पोखरा–९ बस्ने २७ वर्षीय शंकर भुजेल रहेका छन् । उनीहरुलाई पोखराको पृथ्वीचोकस्थित चाईनापुलबाट सोमबार नै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलोपटक सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update