निफ्राद्वारा एक अर्ब ३६ करोडबढी लाभांश बाँड्ने प्रस्ताव घोषणा

काठमाडौं । चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बिहीबार (भदौ १९) बसेको बैंक सञ्चालक समितिको १७०औँ बैठकले वितरणयोग्य नाफाबाट ६.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । एक अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश (लाभांश कर प्रयोजन समेत) घोषणा गरिएको निफ्राले जनाएको छ ।
सेयरधनीलाई लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिका निम्ति आग्रह गर्ने निर्णय गरिएको छ र राष्ट्र बैंकबाट स्वीकृतपश्चात् लाभांश वितरण गरिने निफ्राले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२ १५:२६
प्रतिक्रिया दिनुहोस्