Aarthikaina
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका बस्ने लमजुङ घर भएका ३५ वर्षीय साजन गुरूङ, ललितपुर महालक्ष्मी नगरपालिका बस्ने रूपन्देही घर भएका ३६ वर्षीय दिपक थापा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका बस्ने दाङ घर भएका ४७ वर्षीय टेक बहादुर केसी, ललितपुर महानगरपालिका बस्ने स्याङ्जा घर भएका ५० वर्षीय भरत प्रसाद पाण्डे र भक्तपुर मध्यपुर थिमी बस्ने पर्वत घर भएका ३८ वर्षीय प्रेम प्रसाद भुषाल रहेका छन् ।

पक्राउ परेका मध्ये साजनले जर्मनी पठाइदिन्छु भन्दै एक जना पीडितबाट १२ लाख ८० हजार रूपैयाँ, दिपकले जर्जिया पठाइदिन्छु भन्दै तीन जना पीडितहरूबाट ६ लाख रूपैयाँ, टेक बहादुरले ग्रीस पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २१ लाख रूपैयाँ, भरतले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ र प्रेमले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए । 

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले साजन र टेक बहादुरलाई काठमाडौंबाट तथा दिपकलाई काठमाडौंबाट बुधबार, भरत र प्रेमलाई ललितपुरबाट बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update