Aarthikaina
मारवाडी सेवा समितिले मनायो ७२औं स्थापना दिवस

काठमाडौं । मारवाडी सेवा समिति नेपालले ७२औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा समितिका अध्यक्ष प्रमोद कुमार अग्रवालले आफ्‌नो स्थापनाको ७२ औं वर्षसम्म पुग्दा समाज सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको बताए ।

‘संस्थाले श्री पशुपति गौशाला धर्मशालाबाट गौधनको संरक्षण, तिर्थयात्रीहरुलाई सेवा, निःशुल्क कृत्रिम खुट्टा प्रदान, निःशुल्क डाइलाइसिस सेवा, भोजन, निःशुल्क शव वाहन आदि कार्यहरु गर्दै आइरहेको छ,’ अध्यक्ष अग्रवालले भने, ‘सस्थाले राष्ट्रिय विपतहरुमा नेपाल सरकार, स्थानीय निकायहरुसँग हातेमालो गरी, राहत, खाना, औषधि आदि प्रदान गर्दै आइरहेको छ । साथै, संस्थाले माग अनुसारको खानेपानी, ह्वील चेयर, बेन्च, स्कुलहरुलाई खानेपानी टंकी, स्कल ड्रेड, छात्रवृत्ति आदि प्रदान गर्दै आइरहेको छ ।’

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले नेपालमा मारवाडी समुदायले परोपकारको क्षेत्रमा उल्लेखनीय योगदान रहेको बताए । प्राकृतिक विपदको रुपमा आएको १९९० को महाभुकम्प, २०४५ को भूकम्प, २०७२ को भूकम्प तथा कोभिड-१९ को पहिलो र दोस्रो चरणको समयमा, बाढी प्रकोप, जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्प, २०८१ सालको बाढी पहिरोमा मारवाडी समाजले गरेको सेवा कार्यको उल्लेखनीय रहेको मन्त्री अग्रवालको भनाइ थियो ।

मारवाडी समाजले सामाजिक सेवाको क्षेत्रमा गरेका कार्यहरु अनुकरणीय रहेको भन्दै यसले नेपालमा मात्र नभएर विश्वमा नै सामाजिक सेवाका कार्यमा अग्रणी रहेको र नाफाको लागि व्यापार मात्र नहेरेर आफ्नो आम्दानीको केहि हिस्सा समाज सेवामा खर्चिएकोमा प्रशंसासमेत गरे ।

सो कार्यक्रममा प्रमुख मारवाडी सेवा समितिमा विशिष्ट योगदान गर्ने उद्यमी, समाजसेवी, परोपकारी व्यक्तित्व समाजका ३ जना सदस्य सम्मानित भएका छन् । जसमा समितिले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा योगदानगर्ने तथा नेपालको पहिलो क्याटरिङ व्यवसायी, वि.सं. २०११ सालको संसदको सल्लाहकार स्वर्गीय बी. एल. शर्मा, मारवाडी सेवा समिति नेपालद्वारा संचालित एम्बुलेन्स सेवाका लागि एम्बुलेन्स दाता स्वर्गीय पुष्करलाल संघई, मारवाडी सेवा समिति नेपालका सचिव तथा बोटलर्स नेपालका संस्थापक स्वर्गीय विजय कुमार धारिवाललाई मरणोपरान्त सम्मान प्रदान गरेको छ । साथै, समितिले ५ जना जेष्ठ महिला ५ जना जेष्ठ पुरुषलाई जेष्ठ नागरिक सम्मान गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update