Aarthikaina
अरण्य बुटिक होटलमा शनिबार ‘नेपाल एडभेन्चर एक्स्पो’ हुँदै

काठमाडौं । ‘नेपाल एडभेन्चर एक्स्पो’को दोस्रो संस्करण शनिबार हुने भएको छ । नेपालको भौतिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यको प्रवर्द्धन, पदयात्रा, ट्रेकिङ, हिमाल आरोहण र विभिन्न साहसिक पर्यटकीय गतिविधिहरूमा प्रयोग हुने स्वदेशी तथा विदेशी ब्रान्डका सामानहरूको प्रदर्शन, किनमेल र नेपालीहरूलाई साहसिक पर्यटन गतिविधिहरूमा प्रोत्साहित गर्ने उद्देश्यसहित उक्त एक्स्पो हुन लागेको हो ।

एक दिन चल्ने एक्स्पोमा एक सयभन्दा बढी ब्रान्डका ५० वटा स्टलहरु रहेन छन् । एक्स्पोमा पिक प्रमोसन ट्रेडिङ, जाइन्ट बाइक्स् नेपाल, स्वीचव्याक नेपाल, द लस्ट रिसोर्ट, एपिक माउन्टेन बाइक, बि.एण्ड.बि.अस्पताल, द बाइक फर्म, फलयिङग वन्डरस प्यारागलाइडिंग स्कुल, हुम्टो, ग्रभिटी नेपाल, हिमालयन मेडिक्स, द नर्थ फेस, क्लाइम्बिङ, काठमाडौँ बाइक स्टेसन, हिरो मोटो कर्प नेपाल, लुक्ला आउटडोर, सत्य मिडिया कलेक्टिभ, शान्त नेपाली प्रडक्शन, डुलुवा आउटडोर्स, हिमालयन एभरेस्ट इन्सुरेन्स, स्योसल टुर्स, ल्युमिन एण्ड नेपाल, हिमालयन एड्भेन्चर ल्याब, सिएफ मोटो, स्न्याक अन नेपाल,यति वेयर्स, यार्सागुम्बा, नेपाल माउन्टेन एकेडेमी, पोखरा एन्डुरो, काठमाडौं स्पोर्ट्स क्लाइम्बिङ सेन्टर, नेपाल पर्वतारोहण संघ, श्रेडर्स, ट्रेलमन्डु, नेपाल ट्रेल सिरिज, एड्भेंजी, सप्लाई सप्पोर्ट, आशस हेल्थ केर, गेको गेयर, द पम्प, क्लकवर्क ट्रेल्स, हाइटेड नेपाल, ८८५० मिडिया लगायतको स्टलहरू राखिने छ ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

साथै, एक्स्पोमा पर्यटन क्षेत्रमा आबद्ध व्यक्तित्वहरूबाट अनुभवका कथा, यात्राको बारेमा कार्यशाला र साहसिक पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने छ ।

एक्स्पोलाई नेपाल पर्यटन बोर्डले सहकार्य र प्रवर्द्धन गर्ने छ भने इन्टरनेट पार्टनरमा क्लासिटेक, भेन्यु पार्टनरमा अरण्य बुटिक होटेल र डिजाइन पार्टनरमा सत्य मिडिया रहेका छन् । आयोजक एआर भेन्चर्सका अनुसार एक्स्पो नागपोखरीस्थित अरण्य बुटिक होटलमा शनिबार(डिसेम्बर १४) बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update