Aarthikaina
भारतीय बनेर व्यावसायीहरूलाई धम्की दिने व्यक्ति पक्राउ
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पाँचथर घर भई झापाको चारआली बस्ने ३६ वर्षीय नविन प्रधान भन्ने हरिचन्द्र फुयल बिहीबार बेलुकी पक्राउ परेका हुन् । 

नेपालमा व्यवसाय गरिरहेका विभिन्न व्यक्तिहरूलाई भारतीय नम्बरबाट फोन तथा मेसेजमार्फत आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भनी धम्की दिई व्यवसायीहरूलाई आतंकित पारी आपराधिक लाभ लिन खोज्ने कार्यमा संलग्न उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले झापा मेचीनगर नगरपालिका-१३ चारआलीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update