Aarthikaina
हजार दरका चार थान नक्कली नोटसहित दुई जना पक्राउ
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

सुनसरी । कोशी गाउँपालिका-१ स्थित लौकही बजारबाट नेपाली एक हजार दरका चार थान नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङ सुन्दरहरैंचाका २० वर्षीय सन्देश उराव सोमबार बेलुकी उक्त नक्कली नोटसहित पक्राउ परेका हुन् । 

लौकही बजारस्थित मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी एक हजारको नोट दिएकोमा उक्त नोट नक्कली रहेको शंका लागि पसल धनीले तत्काल प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट दुई थान र सामान किनेको दुई वटा पसलबाट एक/एक थान गरी उक्त एक हजार दरको नक्कली नेपाली नोट बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update