Aarthikaina
न्युजिल्याण्ड पठाइदिने नाममा रकम ठगी गर्ने एक युवती पक्राउ
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन् । ओखलढुंगा घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया नबिना दाहाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

नबिनाले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update