Aarthikaina
रोमानिया पठाइदिन्छु भनि रकम ठगी गर्ने एक व्यक्ति पक्राउ
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई ललितपुर महालक्ष्मी नगरपालिका बस्ने ३९ वर्षीय मनिल कुमार लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

लामाले रोमानिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट चार लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिकाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update