Aarthikaina
नक्कली फेसबुक आईडी प्रयोग गरी २७ लाखबढी ठगी गर्ने पक्राउ
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । नक्कली फेसबुक आईडी प्रयोग गरी २७ लाखभन्दा बढी रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । तनहुँ आँबुखैरेनी गाउँपालिका घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका बस्ने रूद्र बहादुर गुरूङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

रूद्रले फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी सोही आईडीहरूको दुरुपयोग गर्दै केटी साथीहरू बनाई आफू फ्रान्स, सिंगापुरको लाहुरे हुँ, तिमीलाई मन पराउँदछु, बिहे गरी सिंगापुर लैजान्छु, सिंगापुर लैजानको लागि कागजातहरू बनाउनु पर्छ, त्यस बापत पैसा लाग्छ भनी काठमाडौं, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई करिब २७ लाख ८३ हजार २ सय रूपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रहरीका अनुसार उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update