Aarthikaina
एक हजार दरका १२ थान नक्कली नोटसहित चार जना पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुल्सीपुर उपमहानगरपालिका राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका बस्ने १७ वर्षीय किशोर, सोही उपमहानगरपालिका दोघरे बस्ने १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका घर भई तुल्सीपुर उपमहानगरपालिका बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइराखेको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update